free website hit counter

बीमा शुल्क नलिई बीमा पोलिसी जारी गरे कारवाही

beemaadmin
२०७८ श्रावण १५, शुक्रबार

काठमाडौं । नियामक निकाय बीमा समितिले बीमक कम्पनीले गर्ने सबै खाले अनियमितालाई हटाउँदै बीमा व्यवसायलाई स्वस्थ प्रतिस्पर्धात्मक बनाउने अभियान थालेको छ । बीमितबाट बीमा शुल्क प्राप्त नगरी उधारो तथा चेक लिएकै भरमा बीमा पोलिसी जारी गर्ने प्रवृत्ति बढेपछि मितिले त्यसा नगर्न पुनः सूचित गरेको छ । बीमा समितिले सूचनामार्फत बीमा शुल्क बीमक कम्पनीको खातामा वा नगद प्राप्त नभई बीमा पोलिसी जारी गरेको पाइएमा कारवाही गर्ने उल्लेख छ । बीमा समितिले बीमा ऐन २०४९ को दफा २७ मा उल्लेख भएको बीमा शुल्क प्राप्त नभएसम्म जोखिम स्वीकार गर्नु हुँदैन भन्ने व्यवस्थाप्रति बीमा कम्पनीहरुको ध्यानाकर्षण गराउँदै पुनः सचेत गराएका हो ।

सम्बन्धित समाचार