काठमाडौं । भर्खरै एउटा पुनर्बीमा कम्पनीलाई स्वीकृति दिएको बीमा समितिले थप जीवन, निर्जिबन र लघुबीमा कम्पनीलाई पनि स्वीकृत दिँदैछ भनेर भनेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भइरहेको बेला बीमा समितिले ती सबै समाचार कपोलकल्पित भएको भन्दै यस्ता समाचारले बीमा समितिलाई नै विवादमा पर्र्ने बताएको छ । समितिले विज्ञप्ति जारी गर्दै भनेको छ, बीमा समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नगरेको र यस सम्बन्धमा कुनै पनि काम कारवाही समेत नगरेको स्पष्ट पार्न चाहन्छु, कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बीमा समितिका काम कारवाहीका बारेमा जानकारी चाहिएमा समितिका प्रवक्तासँग सम्पर्क गरी जानकारी लिन र सत्य तथ्य समाचार मात्र प्रकाशन एवं प्रसारण गरी आम जनतालाई ससूचित गराउने कार्यमा सहयोग गरिदिनहुन सम्बद्ध सबैसँग विज्ञप्तिमा अनुसारेध गरिएको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु असत्य, भ्रामक र कपोलकल्पित रहेका र यी समाचार समितिलाई विवादमा पार्ने मनसायले प्रेरित रहेको समेत समितिले विज्ञप्तिमा उल्लेख गेको छ । यस प्रकारका समाचारहरु प्रकाशन प्रसारण नगरिदिनहुन सम्बन्धित अनलाइन तथा पत्रपत्रिकाहरुलाई समितिलाई आग्रह गरेको छ ।