free website hit counter

बीमितको घरैमा पुगेर मृत्युृ दाबी भुक्तानी

beemaadmin
२०७७ फाल्गुन २०, बिहीबार

काठमाडौं । सिटिजन लाइफ लाइफ इन्स्योरेन्सले आफ्ना बीमितको घरैमा पुगेर मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि बीमित सूर्यमोहन सुबेदीको कास्की अन्नपूर्ण गाउँपालिका १ नौडाँडा स्थित घरैमा पुगेर मृत्यु दाबी भुक्तानी दिएको हो ।

सो वडाका वडाध्यक्ष भरतजंग कुँवरले मृतककी श्रीमती गंगादेवी सुबेदीलाई दाबी भुक्तानीको रकम ५ लाख ७० हजाररुपैयाँको चेक प्रदान गरेका हुन् । साथै, कम्पनीले दोब्बर बीमाङ्क रकम अन्तर्गत १५ वर्षपछि पनि स्व. सुबेदीको परिवारलाई पुनः ५ लाख रुपैयाँ प्रदान गर्ने छ । सुबेदीको मृत्यु गत कार्तिक ११ गते घरमा सुतेकै अवस्थामा भएको थियो ।

स्व. सुबेदीले तीन महिना अगाडि मात्रै कम्पनीको पोखरा शाखाबाट ५ लाख रुपैयाँ बराबर बीमाङ्कको बीमा गराएका थिए । कार्यक्रममा क्षेत्रीय शाखा प्रबन्धक छबिलाल पौडेलले कम्पनी र जीवन बीमाको महत्वको बारे प्रकाश पारेका थिए ।कार्यक्रममा कम्पनीका हेम्जा शाखा प्रमुख सन्तोष पराजुली, एजेन्सी म्यानेजर प्रकाश काफ्ले, माधव भण्डारी, महेश्वर सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार