free website hit counter

बुटवल पावरले एक करोड कित्ता एफपीओ जारी गर्ने

beemaadmin
२०८० पुष १, आईतवार

काठमाडौं । बुटवल पावरले ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई गत आर्थिक वर्षको कमाईबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्। यस्तै कम्पनीले एक करोड कित्ता एफपिओ जारी गर्ने प्रस्ताव समेत अघि सारेको छ। विभिन्न परियोजनामा लगानीको लागि उक्त एफफिओ जारी गर्न लागेको कम्पनीले जनाएको छ। लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधभारणसभा बोलाएको छ। त्यसले लागि पुस १९ गते बुकक्लोज गर्दै छ। पुस १८ गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश् र साधारणसभामा भाग लिन पाउने छन्।

सम्बन्धित समाचार