काठमाडौं । बालमुकुन्द रुपाखेतीको राजीनामा स्वीकृत गरी गुराँस लाइफ इन्स्योरेन्सले कम्पनी सचिवमा बोधलाल पुरीलाई नियुक्त गरेको छ । कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले यस अघि कम्पनी सचिव रहेका बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।