free website hit counter

भारतको अवस्थाले नेपालको लकडाउनको अवस्था निर्धारण

beemaadmin
२०७७ बैशाख ११, बिहीबार

काठमाडौं । लगातारको लकडाउनलाई कायम राख्ने या केही खुकुलो बनाउने विषयमा सरकारले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको जोखिम हेरेर मात्र निर्णय गर्ने भएको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, जोखिमको अवस्था नहेरी निर्णय गर्ने अवस्था छैन । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लकडाउनको समयमा पनि खुला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको कारण नेपालमा संक्रमणको जोखिम बढेको बताए । नागरिकहरुमा कोरोनाप्रति चेतनाको विकासले पनि प्रभाव पार्ने भन्दै उनले जोखिममुक्त छौँ भन्ने भएपछि मात्रै लकडाउन खोल्ने निर्णय हुने बताए । खतिवडाले असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्र खुला गर्ने तयारी भइरहेको बताए । नेपालमा गत चैत ११ गतेदेखि लकडाउन जारी छ । पछिल्लो पटक थपिएको अवधिअनुसार यही वैशाख १५ गतेसम्म लकडाउन छ ।

सम्बन्धित समाचार