free website hit counter

भारतबाट नेपालमा डिजिटल क्युआर सेवा सुरु

beemaadmin
२०८० फाल्गुन १७, बिहीबार

काठमाडौँ । वित्तीय क्षेत्रमा भित्रिएको प्रविधिले आर्थिक क्षेत्रलाई निकै सहज बनाएको छ । नेपाल–भारतबिच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । यससँगै नेपालमा आउने भारतीय नागरिकले क्युआर मार्फत भुक्तानी गर्न सकिने भएको छ । अब भारतबाट नेपाल आउने सेवाग्राहीले नेपालमा फोन पे मार्फत क्युआर गर्न सक्नेछन् । यसका लागि भारतीय नागरिकले भारतका बैंकमा खाता हुनुपर्नेछ । सोअनुसार भारतीय बैंकका क्युआरमार्फत नेपालको फोन पे मा क्युआर गरेर भुक्तानी गर्न सक्ने भएका हुन् ।तर यो सेवा सीमित रूपमा मात्रे चल्ने बताइएको छ । भारतका सीमित बैंकको क्युआर मार्फत फोन पे गर्न मिल्नेगरी सेवा सुरु भएको हो । यसअघि, यही वर्ष २०८० को जेठ मध्य साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा अन्तरदेशीय भुक्तानी प्रणाली सुरु गर्ने सम्झौता भएको थियो । त्यसपछि, नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले अन्तरदेशीय भुक्तानी प्रणाली अघि बढाउन सम्झौता गरेका थिए । सम्झौतामा अन्तरदेशीय भुक्तानी प्रणाली नेपालको नेसनल पेमेन्ट इन्टरफेस एनपीआई र भारतको युनिफाईड पेमेन्ट इन्टरफेस यूपीआईले अघि बढाउने उल्लेख थियो । फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भारतका १० वटा बैंकका ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न मिल्ने बताए । उनले १३ वटा बैंकले क्युआरमार्फत भुक्तानीका लागि प्रस्ताव पठाइसके पनि ३ वटाको प्रस्ताव स्वीकृत गर्न बाँकी रहेको बताइएको छ ।

सम्बन्धित समाचार