free website hit counter

भाेकाे पेट खाेज्दै अन्जु शहर घुमिन

beemaadmin
२०७७ बैशाख २७, शनिबार

विपन्नलाई परेको समस्या समाधान गर्नु ठूलो धर्म हो । अहिले लगातार लकडाउनका कारण मजदुर तथा श्रमिक वर्ग बिहान बेलुकाको खानाकै समस्यामा छन् । टोलटोलमा निःशुल्क भोजन खुवाएर सहयोग गर्ने दिलदार मानिसहरु पनि नभएका होइनन् । यही बेला केही कलाकारहरु पनि यस कार्यमा जुटिरहेका छन् । गायिका अन्जु पन्तले पनि काठमाडौँ उपत्यकाभित्र बौद्ध, जोरपाटी, बीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुर लगायतका विभिन्न १२ स्थानमा विहिवार र शुक्रबार खाना वितरण गरेकी छिन् । ‘अन्जु पन्त फाउण्डेसन’को तर्फबाट उनले खाना वितरण गरेकी हुन् । यो कठिन परिस्थितीमा सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको अन्जु बताउँछिन् । अन्जुले भनिन्, लकडाउनको बेलामा घरबाट बाहिर ननिस्की बस्नु पर्ने हो । तर, बिभिन्न ठाउँमा मानिसहरु भोक भोकै हुनुहुन्छ भन्ने खबर सुनेपछि आफू चुप लागेर बस्न सकिन । त्यसैले आफैँ खाना बोकेर बाहिर निस्किए ।

सम्बन्धित समाचार