free website hit counter

भीडभाड बढेपछि बैंकका थप शाखा खुल्दै

beemaadmin
२०७७ भाद्र ९, मंगलवार

काठमाडौं । कोरोना कहरका कारण विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण एकाध रुपमा खुलेका बैंक तथा बित्तीय संस्थामा भिडभाड बढेपछि नेपाल राष्ट्रबैंकले धेरै शाखा खोलेरै भए पनि भीडभाड कम गर्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंहरुलाई भीडाभाड नहुनेगरी सेवा दिन निर्देशन दिएको हो । सीमित शाखा मात्रै खुला हुँदा बैंकमा निकै भीडभाड देखेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार उपत्यकाका विभिन्न स्थानमा खुलेका बैंक तथा वित्तीय संस्थामा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा बैंकहरुमा भीडभाड निकै देखिएको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘त्यही भएर हामीले धेरै शाखा खोल्नुस्, भर भीडभाड हुन नदिनुस् भनेका हौं’ उनले भने ।

राष्ट्र बैंकले सुरुमा प्रतिबैंक ८ वटा शाखा खोल्न अनुमति दिएको भए पनि प्रशासनको अवरोधपछि बैंकहरुले एउटा बैंकका ४ वटा शाखा मात्रै खोल्नेगरी सहमति गरेका थिए । राष्ट्र बैंकले अहिले ५० भन्दा बढी कर्मचारी नबढ्ने गरी सम्भव भएसम्म धेरै शाखा खोल्न भनेको छ । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले थप शाखाहरु खोल्न थालका छन् ।

सम्बन्धित समाचार