free website hit counter

भूमि व्यवस्थापन विभागको महानिर्देशकमा काफ्ले

beemaadmin
२०७६ माघ २६, आईतवार

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक पदमा दीपक काफ्लेले पद बहाली गरेका छन् । केही दिन अघि ठूलो संख्यामा भएको सहसचिव सरुवामा काफ्ले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका थिए । गृह प्रशासनको लामो अनुभव सम्हालेका काफ्लेलाई भूमिव्यवस्थापन विभागको महानिर्देशक बनाएर पठाइएको हो । गृहमन्त्रालयको राष्ट्रिय परिचय व्यवस्थापन बोर्डको प्रमुख समेत भएर सफलतापूर्वक आफ्नो कार्यभार सम्हालेका काफ्लेकै समयमा राष्ट्रिय परिचयपत्र बाँड्ने कार्यको थालनी भएको थियो । आइतबारै विभागको कार्यभार सम्हालेका काङ्खलेले आफूले विभागको चुनौतीहरु अध्ययनगरेर सामनाका लागि अगाडि बढ्ने र विगतको नेतृत्वले गरेका असल कामलाई निरन्तरता दिने बताए ।

सम्बन्धित समाचार