free website hit counter

भोलि ज्योति लाईफको आईपीओ बाँडफाँट

beemaadmin
२०७७ चैत्र १२, बिहीबार

काठमाडौं । आइपीको मागमा रेकर्ड कायम गरेको ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ चैत १३ गते शुक्रबार मध्यान्ह १२ बजे बाँडफाँड हुँदै छ । काठमाडौं ज्ञानेश्वरको शान्ता प्लाजस्थित ज्योति लाइफ इन्स्योरेन्सको कार्यालयमा हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटलले बताएको छ ।

कम्पनीले फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म कूल ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । जसमा अन्तिम दिन अर्थात फागुन २६ गते साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख ४ हजार ३४८ जना आवेदकले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताको लागि आवेदन दिएका थिए । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकोभन्दा ६.४० गुणा बढी आवेदन हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार