free website hit counter

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ आउने

beemaadmin
२०७८ श्रावण १८, सोमबार

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइपीओ निश्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ। श्रावण १८ गते मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक शेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । कम्पनीले कुल जारी पूँजी ७६,००,००० कित्ता को ३० प्रतिशत अर्थात २२,८०,००० कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७,६०,००० कित्ता र सर्वसाधारणका लागि १५,२०,००,००० कित्ता शेयर निष्काशन गर्नेछ । सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

सम्बन्धित समाचार