free website hit counter

मध्यराति मिनि क्यासिनोमा प्रहरीको छापा

beemaadmin
२०७६ कार्तिक १०, आईतवार

काठमाडौं । चाड पर्वका लागि दुई चार पैसाको जोहो गर्न साहुको ढोका चाहार्ने नेपालीको संख्या अझै धेरै छ । यही चाडपर्वमा करोडौं जुवाको खालमा उडाउन नेपाली पनि कम छैनन् । सुन्दै अचम्म लाग्ने जुवाको खालमा प्रहरीले मध्यराति छापा मारेको छ । महाराजगञ्ज प्रहरीले महाराजगञ्जको होटल साम्बालाको पछाडिको घरमा चलिरहेको जुवाको खालमाथि मध्यराति कब्जा जमाएको हो । प्रहरीले आइतबार बिहान करिब २ बजेतिर छापा मार्‍यो । तर त्यो सामान्य जुवाको खाल नभई मिनी क्यासिनो नै थियो । उच्च व्यापारिक घराना र प्रतिष्ठित भनिएका व्यक्तिहरु पनि लाखौं रकम दाउमा राखेर जुवा खेल्न मस्त थिए । जुवाको खाल काठमाडौं महानगरपालिका–३ पिपलमार्गस्थित विक्रम गौतमको घरमा चलिरहेको थियो । गौतमले क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित २४ जनालाई कोठामा राखेर जुवा खेलाइरहेका थिए ।

जुवाको खालमा हजार र पाँच सयका नोटका गड्डीहरु प्रयोग भएको थियो । प्रहरीले दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाखको चेक एक थान, ३२ थान कौडा, ४ बुक तास बरामद गरेको छ । खालबाट बरामद भएको हजार र पाँच सयका नोटहरु गन्न मात्र प्रहरीलाई झण्डै तीन घन्टा लागेको थियो ।

जुवाखालबाट पक्राउ पर्नेहरु काठमाडौं महानगरपालिका २ भाङ्गीका बुद्ध लामा, कामनपा– १५ का मुक्ती लामा, कामनपा– ९ का पवन अग्रवाल, कामनपा– ६ का सुमन अग्रवाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ का कृष्ण भण्डारी
कामनपा– २९ का राम तामाङ, बुढानीलकण्ठ नगरपालिका ११ का सिताराम खड्का, कामनपा– २६ का अशोक श्रेष्ठ, कामनपा– ३५ का श्यामप्रसाद पराजुली, कामनपा– १५ स्वयम्भुका रञ्जन राजबंशी, कामनपा– ३ का विक्रम गौतम (घरधनी), काभ्रेपलान्चोक पनौती नपा– ५ का प्रदीप बोगटी, काभ्रेपलान्चोक तिमाल– ६ का नवाङ लामा, काभ्रेपलान्चोक नमोबुद्ध नपा ९ का धावा लामा, काभ्रेपलान्चोक रोशी– ४ का बलराम सापकोटा (बले), नमोबुद्ध नगरपालिका–११ का रोशन तामाङ, दोलखा भीमेश्वर नगरपालिका ५ का राम कृष्ण केसी, दोलखा भीमेश्वर नपा ५ बस्ने ईन्द्र श्रेष्ठ, ललितपुरको गोदावरीका प्रेम थापा मगर, ललितपुर पुल्चोकका सोहेल कार्की, ओखलढुङ्गाको पाप्ले ३ का सुमन गुरुङ्ग, रौतहट चन्द्रनिगाहपुर नपा ३ का शोवित सिलवाल, रामेछापको बाम्तिभण्डारका पवित्रकुमार कार्की, बाराको निजगढ नपा ९ का शम्भु बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे नपा ४ का शम्भु शेर्पा रहेका छन् ।

सम्बन्धित समाचार