काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले तपाईंको भाग्य फैसला भोलि बिहान ९ः३० बजे गर्ने भएको छ । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ भोलि असार २८ गते सोमबार बाँडफाँट गर्ने भएको हो । लघुवित्तले शुक्रबार प्रि अलटमेन्ट गरेर आईपीओ बाँडफाँटको लागि नेपाल धितोपत्र बोर्डसगँ अनुमति माग गरेको थियो । बोर्डबाट अनुमति पाएपछि सोमबार बिहान लघुवित्तको आईपीओ बाँडफाँट हुने भएको हो । लघुवित्तले असार १७ गते देखि २१ गतेसम्म बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३।१० गुणा बढी हो ।
लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् । त्यस अनुसार ९८।१० प्रतिशत भन्दा धेरैले शेयर नपाउने देखिएका छन् ।