काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह बस्ने क्यानिवेट बैठकको विशेष एजेन्डा खासै नभए पनि कोरोनाकै विषयमा छलफल हुने बताइएको छ । श्रोतका अनुसार बैठकमा लकडाउनका कारण अर्थतन्त्रमा परेको असरका बारेमा पनि छलफल हुने र जेठ १५ गते आउने बजेटका सन्दर्भमा पनि बैठकमा छलफल हुने बताइएको छ । यसैगरी गृहमन्त्रालयले बढुवा सिफारिश समितिको निर्णयबमोजिम सिफारिश गरेका डिआईजीहरुको नियुक्ति गर्ने कार्यक्रम पनि रहेको छ । त्यसैगरी, सर्वोच्च अदालतले अलपत्र परेका नागरिकहरुलाई गन्तव्यमा पुर्याइदिन गरेको आदेशलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै बैठकले स्वास्थ्य सामग्री खरिदका विषयमा जिटुजीका सन्दर्भमा भएकाप्रगतिका बारेमा रक्षामन्त्रीले बैठकलाई जानकारी गराउने बताइएको छ । आजको बैठकमा प्रदेशका केही सचिवहरुको हेरफेर गर्ने सम्भावना समेत रहेको छ ।