free website hit counter

मर्जरका लागि तयार भए दुई ठूला बैंक

beemaadmin
२०७७ फाल्गुन २८, शुक्रबार

काठमाडौं । सरकारले आर्थिक नीतिमै मर्जरलाई प्रोत्साहित गरेपछि ठूला वित्तिय संस्थाहरु मर्जरमा जानेक्रम बढेको छ । यही मेसोमा दुई ठूला वित्तिय संस्था पनि मर्जरका लागि तयार भएका छन् ।

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जका लागि सहमतिनजिक पुगेका हुन्। प्रारम्भिक रूपमा सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) सम्पन्न भएको छ।डिडिएले पूर्णता पाएपछि मर्जका लागि सम्झौता (एमओयु) हुनेछ। मर्जका लागि अहिलेसम्म भएका कामहरु सकारात्मक दिशामा गइरहेको बताइएको छ । धेरै वित्तीय सूचकमा दुवै बैंक राम्रा छन्।

Advertisement
Advertisement

दुवैको साधारण सेयर मूल्यमा पनि त्यति ठूलो अन्तर छैन। त्यसैले अनुसार स्वाप रेसियो नै १ बराबर १ को रूपमा रहने सम्भावना देखिएको छ। मर्जपछिको हिमालयन–इन्भेष्टमेन्ट बैंक सबभन्दा ठूलो बैंक हुनेछ। दुवै बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण समायोजन गर्दा चुक्ता पुँजी करिब २५ अर्ब हुनेछ, जुन हालका वाणिज्य बैंकहरूको तुलनामा सबभन्दा उच्च हो।

Advertisement
Advertisement

त्यस्तै कर्जा प्रवाह साढे दुई खर्ब हुनेछ भने निक्षेप संकलन तीन खर्ब बराबरको हुन्छ। जगेडा कोषको आकार १६ अर्ब २६ करोड पुग्छ।

सम्बन्धित समाचार