काठमाडौं । महालक्ष्मी विकास बैंकले बीमा दाबी रकम हस्तान्तरण गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा महालक्ष्मी विकास बैंकले सो रकम हस्तान्तरण गरेको हो । पालुङमा विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तर्गतको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हक दावी बीमा बापतको रकम ६ लाख ७ हजार ५ सय रुपैयाँ हक वालालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकले थाहा नगरपालिका १० का स्व. बिष्णु मगर र थाहा नगरपालिका १ निवासी स्व. देगु माया बलामीको मृत्यु हक दावी बीमा बापतको रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।