काठमाडौं । महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ भोलि फागुन १४ गते बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइपीओ आगामी शुक्रबार बिहानै ८ बजे बाँडफाँड गर्ने तयारी गरिएको बताइएको छ।
लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलबार नै भइसकेको क्यापिटलले जनाएको छ। लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७२ गुणा बढी हुन आउँछ ।
मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।