free website hit counter

माइक्रो इन्स्योरेन्सलाई कडाई गर्दै बीमा प्राधिकरण

beemaadmin
२०८० बैशाख २८, बिहीबार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले नयाँ माइक्रो इन्स्योरेन्सको कार्यालय निरीक्षण शुरु गरेको छ । नयाँ लाइसेन्स पाएका माइक्रोइन्स्योरेन्स कम्पनीको निर्माधिन कार्यालयको निरीक्षणका लागि प्राधिकरणले कर्मचारी खटाएर हो । यसै क्रममा चितवनको नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीको कार्यालय निरीक्षण गरिसकेको छ । निरीक्षणका क्रममा कार्यालयको भवन, लोकेशन, भौतिक संरचना, कार्यकक्ष, सूचना तथा प्रविधि प्रणालीको अवस्थितिका बारेमा अनुगमन गरिएको छ । केन्द्रिय कार्यालय भनिएका कार्यालय सामान्य शाखा जस्तो हुन नहुने प्राधिकरणको निर्देशन रहेको छ । प्राधिकरणले सम्पुर्ण लघु बीमा कम्पनीहरुलाई लाइसेन्स प्रदान गर्दा नै स्थान तोकिएको हुँदा उनिहरुले तोकिएको स्थानमा केन्द्रिय कार्यालयको संचरना बनाउनु पर्ने निर्देशन दिएको थियो । कतिपय बीमा कम्पनीहरुले तोकिएको स्थानमा कार्यालय स्थापना गर्ने तर प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरु संघीय राजधानी काठमाडौंतिरै रमाउन थालेपछि स्थलगत निरीक्षणमा कर्मचारी खटाएको हो । केन्द्रिय कार्यालयमा प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारीहरुको आ(आफ्नै कार्यकक्ष हुनुपर्नेछ । सञ्चालक समितिको बैठक समेत तोकिएकै स्थानमा बस्नु पर्ने व्यवस्था गरिएकाले सञ्चालक समितिको बैठक कक्ष पनि निर्माण गर्नु पर्नेछ । केन्द्रिय कार्यालयको सूचना तथा प्रविधिको व्याक अफिस पनि तोकिएको स्थानमा हुनु पर्नेछ ।
प्राधिकरणले कम्पनीहरुलाई काठमाडौंमा सम्पर्क कार्यालय राख्न पाउने तर प्रमुख कार्यकारी अधिकृतदेखि लिएर सञ्चालकहरुको कार्यकक्ष काठमाडौंमा नभएर तोकिएकै स्थानमा राख्न निर्देशन दिएको छ । प्राधिकरणका अनुसार हालसम्म चार वटा लघु बीमा कम्पनीहरुले लाइसेन्स लिइसकेका छन् । उनिहरुले सञ्चालक समितिको अध्यक्ष मनोनयन गर्नेदेखि लिएर प्रमुख कार्यकारी अधिकृत नै नियुक्ति गरिसकेका छन् । प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएर कारोबारका लागि आवस्यक पुर्व तयारी गर्न निर्देशन दिइसकेको छ । नेपाल माइक्रोले चितवन, गार्डियन माइक्रोले विराटनगर, नेपाल माइक्रोले चितवन, क्रेष्ट माइक्रोले विरेन्द्रनगर सुर्खेत र प्रोटेक्टिभ माइक्रोले धनगढीमा केन्द्रिय कार्यालय स्थापना गरेका छन् । लगभग सबैले कार्यालय सेटअप गरिसकेका छन् ।

सम्बन्धित समाचार