पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेड पोखरामा सम्पन्न सोह्रौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८–०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । उक्त लाभांश मध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुनेछ ।बैंकका सञ्चालक समितिका अध्यक्ष श्री भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सभाले लेखा परीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्ताव पनि पारित गरेको छ । साधारण सभामा अध्यक्ष खगेन्द्रराज रेग्मीले सञ्चालक समितिको तर्फबाट आव २०७८–०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।