free website hit counter

मृतकको संख्या ७२७ पुग्यो, थपिए ३१६७ नयाँ संक्रमित, उपत्यकामा १७४६ जना

beemaadmin
२०७७ कार्तिक १, शनिबार

काठमाडौं । पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पिसिआर परीक्षण भएको छ।

थपिए ३१६७ जना नयाँ संक्रमित
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार ८०० छ। योसँगै हालसम्म ८९ हजार ८४० पुगेको छ। आज देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्।

Advertisement
Advertisement

उपत्यकामा १७४६ जना
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ। आज देशभर ३ हजार १ सय ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार