free website hit counter

मेगा बैंकको नाफा ४५ प्रतिशत बढ्यो

beemaadmin
२०७८ श्रावण २९, शुक्रबार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण (अपरिष्कृत) सार्वजनिक गरेको छ। सार्वजनिक विवरणमा सबैजसो सूचकमा सुधार देखिएको छ। असार मसान्तसम्ममा बैंकले २ अर्ब ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.१६ प्रतिशत बढी हो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३८.९५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २६.९० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ४६.३० प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८० करोड ६४ लाख रुपैयाँबाट बढेर ८४ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

Advertisement
Advertisement

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ११.५४ प्रतिशत बढेको छ भने जगेडा कोष १५.९२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ७.०४ प्रतिशत र कर्जा २४।२८ प्रतिशत बढेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार