काठमाडौं । आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । मेगा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश सहित उक्त दिने जनाएको हो ।
बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको १३ अर्ब ३२ करोड चुक्ता पुँजीबाट सो लाभांश वितरण गर्न लागेको हो । यो घोषणा अनुसार बैंकले १ अर्ब ३३ करोड रुपैयाँ बराबरको बोनस सेयर तथा ४० करोड ६३ लाख बराबरको नगद लाभांश वितरण गर्नेछ ।
यो लाभांश वितरणपछि सो बैंकको १४ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । यस बैंकले गत वर्ष सेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गरेको थियो । त्योभन्दा अघिल्लो वर्ष १ प्रतिशत मात्रै बोनस सेयर दिएको बैंकले यस वर्ष भने १० प्रतिशत बोनस सेयरसहितको लाभांश दिने भएको हो ।