free website hit counter

मेगा बैंक कर्मचारी युनियनको अध्यक्षमा वाग्ले

beemaadmin
२०७७ कार्तिक २३, आईतवार

काठमाडौं । मेगा बैंक नेपालको आधिकारिक ट्रेड युनियन ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले पुनः निर्विरोध चयन भएका छन् । दरबारमार्गस्थित शेर्पा मलमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले वाग्लेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा अशोक बुढाथोकी, महासचिवमा चन्द्रकान्त न्यौपाने, सचिवमा शिवहरि भण्डारी तथा कोषाध्यक्षमा रोजी श्रेष्ठ चयन भएका छन् ।
यसैगरी कार्यसमितिका सदस्यहरूमा दिक्षान्त अर्याल, विजय तिमिल्सिना, आशिष श्रेष्ठ, भोजराज जोशी, रामेश्वर घिमिरे र श्यामकृष्ण श्रेष्ठ चयन भएका छन् । थप एक जना सदस्यमा प्रमिष नेपाललाई शनिबार नै मनोनित गरिएको छ । नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुने छ ।
युनियनको शनिबार सम्पन्न सो महाधिवेशनमा अध्यक्ष कृति वाग्लेले अध्यक्षको तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि अधिवेशनका प्रतिनिधिहरूको व्यापक छलफलपछि पारित गरिएको छ ।

सम्बन्धित समाचार