free website hit counter

मेट लाइफले ३ दिनमै दाबी भुक्तानी गर्ने

beemaadmin
२०७८ बैशाख २०, सोमबार

काठमाडौं । मुलुकको विषम परिस्थितिमा पनि आफ्नो सेवालाई चुस्त बनाउँदै अघि बढेको कोभिड–१९ को महामारीबाट प्रभावित ग्राहकहरुको सहयोगाको लागि मेटलाइफ नेपालले कोभिड केयर सहायता सेवा सुरुवात गरेको छ । कम्पनीको अनुसार यस सेवा अन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दाबीमा ३ कार्यदिन भित्रै बीमा भुक्तानी सेवा प्रदान गरिने । यसको लागि दाबीकर्तालाई आवश्यक कागजातहरु अनलाइननै पेश गरेर दाबी भुक्तानी तीन कार्यदिन भित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । कम्पनीको अनुसार यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरुका लागि ३ वटा निदान केन्द्रहरुसँग घरमै आई पिसिआर परिक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको छ भने डाँफे केयर मार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारजनहरुको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।
१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधी सहयोग समावेश छ । यस सुविधाकालागि ग्राहकले केवल ०१–५९७०१६६ मा डायल गरि कलसेन्टरमा सम्पर्क वा ईमेल गर्न सक्नेछन् । कोभिड केयर सहायता कार्यक्रमद्वारा ग्राहकहरुलाई कोभिड–१९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न केही मात्रामा भएपनि मनशान्ति तथा सुरक्षण प्रत्याभूति प्राप्त हुने विश्वास आफुहरुले लिएको मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताएका छन् ।

सम्बन्धित समाचार