free website hit counter

यस्ता सहसचिव : जसको सरुवा दुई दुई महिनामा हुन्छ

beemaadmin
२०७६ माघ २०, सोमबार

काठमाडौं । सरकारले एकै पटक ठूलो संख्यामा गरेको सहसचिव सरुवा तथा पदस्थापना गरेकामध्ये एकजना पात्र पटक पटक सरुवामा पर्ने कर्मचारी पनि छन् । यसरी पटक पटक सरुवामा पर्ने र मन्त्रालयको नेतृत्व एवं सचिव तथा कर्मचारीसँग असहमत भएर वा अन्य कारणले सहसचिव शिवराम न्यौपाने अपवादको पात्र बन्न पुगेका छन् । रेखा शर्मा सामान्य प्रशासन मन्त्री हुँदा सो मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा चलाएका न्यौपाने त्यहाँ पनि केही समय मात्रै टिक्न पुगे । त्यसपछि उद्योग मन्त्रालय पुगेर उद्योग विभागका महानिर्देशक समेत दुई महिना चलाएका थिए ।

त्यसलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका न्यौपाने त्यहाँ पनि केही समय मात्रै टिक्न पुगे । त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा सरुवा भएका न्यौपाने करिब दुई महिना अघिमात्रै रघुराम विष्टले प्रतिस्थापन गरेपछि कृषि तथा सहकारी मन्त्रालय पुगेका थिए । त्यहाँ पुगेको केही समय बित्न नपाउँदै अहिलेको सरुवामा उनलाई श्रम, रोजगार तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । क्षमता भएर हो वा नेतृत्वको नजरमा टिक्न नसकेर हो उनी पटक पटक सरुवा हुने सहसचिवको लिष्टमा पर्दै आएका छन् । यसअघि यस्तै सरुवामा परेका थिए सहसचिव मधुसुदन बुर्लाकोटी । उनी अहिले बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा थन्क्याइएपछि भने अहिले उनको सरुवा पखाला रोकिएझैं रोकिएको छ ।

सम्बन्धित समाचार