काठमाडौं । जीवन बीमा बजारमा सबैभन्दा कान्छो भए पनि परिपक्व र स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि आएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले ग्राहकको मन जित्ने गरी बजारमा फरक बीमालेख जारी गर्ने गरेको छ । प्रत्येक आमा बावुले आफ्नो बच्चाको उज्वल भविष्यका लागि आफ्नो जीवन समर्पण गरेका हुन्छन् । आमा बाबुको यही इच्छालाई साकार पार्नमहालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले महालक्ष्मी बाल बचत बीमा योजना सार्वजनिक गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना विक्रि वितरणको लागि सुभारम्भ गरेका हुन् । यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिना देखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दासम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भै सके पछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ ।
यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविश्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५५ बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५५ बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको कम्पनीले जनाएकाे छ ।