free website hit counter

यस्तो छ कास्की २ को चुनावी चहलपहल

beemaadmin
२०७६ कार्तिक २०, बुधबार

काठमाडौं । उपनिर्वाचनको केन्द्र बिन्दूमा रहेको कास्की– २ मा नेपाली कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ । कांग्रेस पदाधिकारीहरुको बुधबार बसेको बैठकले पौडेलको नाममा सहमति जुटाएको हो । यसअघि धनराज गुरुङलाई टिकट दिने भनिएको थियो । तर आफ्नो नाममा सहमति नजुटेपछि गुरुङले बुधबार विहान उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।
उता नेकपाले भने यसअघि नै कास्की २ मा विद्या भट्टराईले उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कास्की जिल्ला कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारका लागि विद्याको मात्र नाम सिफरिस गरेको थियो । तर गण्डकी प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम थपेर केन्द्रमा पठाएको थियो ।
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कलीन पर्यटनमन्त्री रवीद्र अधिकारीको निधन भएपछि मंसिर १४ मा कास्की २ मा उपचुनाव हुन लागेको हो ।
नेकपाकी उम्मेदवार विद्या दिवंगत नेता अधिकारीकी पत्नी हुन् । तर यो उपचुनाव विद्याको राजनीतिमा प्रवेश होइन, पुनरागमन हो । तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म भइसकेकी थिइन् । त्यसबेला रवीन्द्र महासचिव थिए । रवीन्द्रसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिबाट टाढिएकी थिइन् । पछिल्लो समय आरआर क्याम्पस काठमाडौंकी उपप्राध्यापक पदमा कार्यरत थिइन् ।
उता, विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाएको छ । बाँकेमा जन्मिएकी शर्मा सामाजिक अभियन्ता तथा मनोपरामर्शदाता हुन् । पोखरा पृथ्वीनारायण क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनले राजनीतिमा प्रवेश गर्दा नौलो नलागेको बताइन् ।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार