free website hit counter

यस्तो छ गुराँस लाइफको बोनस दर

beemaadmin
२०७८ श्रावण ४, सोमबार

काठमाडौं । जीवन बीमा बजारमा आफ्नो अलग्गै पहिचान बनाउँदौ बीमा व्यवसायलाई मर्यादित र गुणस्तरीय बनाउँदै अघि बढेको गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५–७६ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट असार २८ गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । त्यस अनुसार २०७६ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक जीवन बीमालेख र बालबालिका सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ४२ देखि अधिकतम ७७ रुपैयाँसम्म बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ४६ रुपैयाँ देखि ८१ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४१ रुपैयाँ देखि ५१ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । यस्तै गुराँस सुरक्षित भविष्य जीवन बीमामा बीमा अवधि अनुसार प्रति हजार न्युनतम २३ रुपैयाँ देखि ४० रुपैयाँ बोनस देयर तोकिएको छ । उल्लेख्खित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार