free website hit counter

यस्तो छ बीमा सर्भेयरको आचारसंहिता

beemaadmin
२०७६ कार्तिक २२, शुक्रबार

१. सर्भेयरले पालना गर्नुपर्ने कुराहरु

१.१ सर्भेयरले बीमा समितिबाट प्राप्त परिचय पत्र सधै साथमा राख्नु पर्नेछ र आवश्यकतानुसार त्यस्तो परिचय पत्र सम्बन्धित व्यक्ति तथा निकायलाई देखाउनु पर्नेछ ।
१.२ सर्भेयरको संगठित संस्था भए त्यस्तो संस्थाबाट सर्भेयरको रुपमा कार्य गर्ने प्रत्येक व्यक्तिको हकमा सो व्यक्तिले समितिबाट सर्भेयरको इजाजत पत्र पाएको हुनु पर्नेछ ।
१.३ सर्भेयरले नियम २९क को उपनियम (१) वमोजिम समितिले तोकिदिएको सीमा भित्र रही कार्य गर्नु पर्नेछ ।
१.४ सर्भेयरले पेशासंग सम्बन्धित सूचना तथा प्रविधिको पूर्ण ज्ञान हासिल गरेको हुनु पर्नेछ ।
१.५ सर्भेयरले आप्mनो पेशागत नैतिकता तथा इमान्दारिता कायम गरी कार्य गर्नु पर्नेछ ।
१.६ सर्भेयरले व्यावसायिक तथा प्राविधिक शिपको प्रयोग गरी क्षतिको मूल्याड्ढन गर्नु पर्नेछ ।
१.७ सर्भेयरले बीमा ऐन, २०४९ तथा सो अन्तर्गतको नियमावली तथा आदेश, निर्देशनको अधिनमा रही कार्य गर्नु पर्नेछ ।
१.८ सर्भेयरले आपूm सर्भे गर्न नियुक्त भएको जानकारी सम्बन्धित पक्षलाई दिनु पर्नेछ ।
१.९ सर्भेयरले बीमितलाई क्षति कम गर्ने उपाय र तरिकाको सम्भव भएसम्म जानकारी दिनु पर्नेछ ।
१.१० सर्भेयरले सर्भेको सिलसिलामा कुनै विवाद उत्पन्न भएमा तत्कालै सम्बन्धित सबै पक्षलाई जानकारी दिनु पर्नेछ । १.११ सर्भेयरले घटना र वस्तुस्थिति बारे सत्य तथ्यमा आधारित मूल्याड्ढन प्रतिवेदन तयार गर्नु पर्नेछ ।
१.१२ सर्भेयरले क्षति मूल्याड्ढनको सिलसिलामा आवश्यकतानुसार सम्बन्धित बीमकलाई मान्य हुने पेशागत विशेषज्ञको राय लिनु सक्नेछ ।
१.१३ बीमा नियमावली, २०४९ को नियम ३२ को उप– नियम (३) बमोजिम बीमा सर्भेयरले बीमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेश गरी सोको सामान्य जानकारी बीमा समितिलाई दिनु पर्नेछ ।
१.१४ सर्भेयरले सर्भे प्रतिवेदन बीमक समक्ष पेश गर्दा सो प्रतिवेदनको सारांश बीमितलाई दिनु पर्नेछ ।
१.१५ सर्भेयरले क्षतिसंग सम्बन्धित सम्पूर्ण आवश्यक विवरणहरु खुलाउन लगाई त्यससंग सम्बन्धित कागजात बीमितबाट लिइ प्रतिवेदनका साथ बीमक समक्ष पेश गर्नु पर्नेछ ।
१.१६ सर्भेयरले बीमकलाई दायित्व निर्धारण गर्ने कार्यका लागि आवश्यक पर्ने सर्भेयरसंग उपलब्ध थप विवरण बीमकले माग गरेमा सर्भेयरले पेश गर्नु पर्नेछ ।
१.१७ सर्भेयरले आपूmले गरेको कामको लगत अद्यावधिक राख्नु पर्नेछ ।
१.१८ सर्भेयरले सर्भे कार्य सम्बन्धी विवरण बीमा समितिले तोकेको ढांचामा तयार पारी प्रत्येक नविकरणका बखत समितिमा पेश गर्नु पर्नेछ ।
१.१९ सर्भेयरले बीमक समक्ष पेश गरेको प्रतिवेदन, सम्बन्धित कागजातहरु तथा तस्वीरहरुका प्रतिलिपी सामान्यतः एक वर्षसम्म सुरक्षितसाथ राख्नुका साथै बीमा समिति, सम्बन्धित बीमक तथा कानून बमोजिम पेश गर्नु पर्ने निकायले मागेको बखत उपलब्ध गराउनु पर्नेछ । विवादास्पद दावीको हकमा विवादको अन्तिम टुंगो नलागेसम्म उल्लिखित कागजात सुरक्षित राख्नु पर्नेछ ।

२. सर्भेयरले गर्न नहुने कुराहरु

२.१. सर्भेयरको इजाजत पत्र नलिई वा नवीकरण नगरी सर्भेयरको रुपमा कार्य गर्न ।
२.२. सर्भेयरले दावीसंग सम्बन्धित आपूmले थाहा पाएको आवश्यक विवरणहरु सम्बन्धित बीमकलाई नबताई लुकाउन ।
२.३. सर्भेयरले बीमित बारेको आफुलाई जानकारी भएको विवरणहरु सम्बन्धित बीमक तथा कानून बमोजिम पेश गर्नु पर्ने निकाय, व्यक्ति वा संस्था बाहेक अन्य व्यक्ति वा संस्था सामु प्रकट गर्न ।
२.४. सर्भेयरले बीमित वा निजको प्रतिनिधि वा अन्य सर्भेयरको आचार संहिता बीमा समाचार र बिचार घज्ञ सम्बन्धित प्रति दुव्र्यवहार गर्न ।
२.५. सर्भेयरले बीमितलाई अनावश्यक करकाप गर्न ।
२.६. सर्भेयरले अस्वस्थ प्रतिस्पर्धा गरी अन्य सर्भेयरको व्यवसायमा अनावश्यक दखल पु¥याउन ।
२.८. सर्भेयरले दावी बापत प्राप्त हुने रकमको कुनै पनि अंश बीमित वा बीमितको हकवालाबाट लिन वा अन्य लाभ प्राप्त गर्न ।
२.९. नियम बमोजिम सर्भेयरको रुपमा दर्ता कायम नहुने अवस्थामा सर्भेयरको रुपमा कार्य गर्न ।
२.११. सर्भेयर (संस्था भए सो को संचालक) ले कुनै पनि बीमकको संस्थापक, संचालक वा तलबी कर्मचारी भै काम गर्न वा कुनैपनि बीमकको १० प्रतिशत वा सो भन्दा बढी शेयर लिन ।
२.१२. सर्भेयर भै कार्यरत व्यक्ति (संस्था भए सो संस्थाका संचालक) को नजिकको नातेदार कुनै पनि बीमकको संस्थापक वा संचालक भएको वा कुनैपनि बीमकको १० प्रतिशत वा सो भन्दा बढी शेयर लिएको भए त्यस्तो बीमकसंग सम्बन्धित क्षतिको सर्भे गर्न । स्पष्टीकरण ः– यस व्यवस्थाको प्रयोजनको लागि “नजिकको नातेदार” भन्नाले सम्बन्धित व्यक्तिको पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, दाजु, भाई, भाउजू, बुहारी, दिदी, बहिनी, काका, काकी, सासू, ससुरा, ज्वाई, भिनाजू, साला, साली, भतिजा, भतिजी, मामा, माइजू, भान्जा, भान्जी सम्झनु पर्छ ।
२.१३ सर्भेयरले बीमा अभिकर्ता भई काम गर्न ।
२.१४ सर्भेयरले कुनै पनि बीमकको बारेमा गलत प्रचार प्रसार गर्न ।
२.१५ सर्भेयरले आफ्नो पेशागत कार्य गर्दा प्रचलित कानून उल्लघंन गर्न ।

३. दण्ड सजाय

यस आचार संहिताको उल्लंघन गरेमा वा गर्नु पर्ने कुनै काम नगरेमा वा नगर्नुपर्ने कुनै काम गरेमा सर्भेयरलाई बीमा ऐन, २०४९ बमोजिम कारवाही तथा दण्ड सजाय हुनेछ ।
४. यो आचार संहितालाई आवश्यकतानुसार परिमार्जन गर्न सकिनेछ ।
५. यो आचार संहिता २०६० साल मंसिर १ गतेदेखि लागू हुनेछ ।

सम्बन्धित समाचार

बीमामा किन बढ्दैछ अपराध ?

beemaadmin
२०८० चैत्र २५, आईतवार

बीमा अभिकर्ताको तालिम सम्पन्न

beemaadmin
२०८० चैत्र १८, आईतवार

बीमा व्यवसायमा अभिकर्ताको सान्दर्भिकता

beemaadmin
२०८० चैत्र १६, शुक्रबार