free website hit counter

बीमामा किन बढ्दैछ अपराध ?

beemaadmin
२०८० चैत्र २५, आईतवार
  • नुरराज कँडेल

जीवन र सम्पत्तिको जोखिम हस्तान्तरण गर्ने माध्यम बीमा हो । बीमा गरेर आर्थिक जोखिम हस्तान्तरण गर्न सकिन्छ । तर आजभोलि पैसाकै लागि यही व्यवसायलाई हतियार बनाएर अघि बढेका छन् । पछिल्ला दिनमा बीमा दाबी भुक्तानीका लागि भएका अपराधका घटनाले यस क्षेत्रभित्र ठूलै समस्या सिर्जना गरेको छ ।

फर्जि भुक्तानी रोक्न
कुनै पनि दुर्घटना हुँदा सुरक्षा निकायले सर्वप्रथम सोध्ने प्रश्न भनेको तपाईंको बीमा छ ? गाडीको बीमा छ ? यदि छ भने अन्धाधुन्द प्रहरी रिपोर्ट बनाइदिन्छन् ता कि त्यो नियतवस होस् वा अन्जानमा होस् । हाल आएर कतिपय घटनाहरु प्रायोजित रुपमा गराइ बीमाबाट क्षतिपूर्ति लिने गरिन्छ । तर यो सरासर ठगी हो र यस्तो ठगि रोक्नलाई सुरक्षा निकायमा बीमा सम्बन्धी जनचेतना हुन जरुरी छ र अपराध कम गराइ आफ्नो जिम्मवारी पूरा गर्नु पर्दछ । यसले फर्जि दाबी भुक्तानी रोक्दछ ।

बीमाको गलत बिक्री रोक्न
बीमा गलत बिक्री भनेको बीमायोग्य हित नभएको व्यक्ति, संस्थाको बीमा गर्नु हो । यो भनेको बीमकको हित विपरित हुन्छ । बीमाको चेतना सर्वत्र फैलाउन सकेमा बीमायोग्य हित भनेको के हो ? गलत बिक्री भनेको के हो ? जोखिमाङ्कन कसरी गर्ने भन्ने थाहा भई बीमाको गलत बिक्री रोक्न सकिन्छ ।

बीमकको आर्थिक जोखिम कम गर्न
जब अग्र पंक्तिका सुरक्षाकर्मीूहरुलाई बीमा सम्बन्धी जानकारी हुन्छ तब घटनाको अन्धाधुन्द सिफारिश गर्दैनन् । बीमा भन्नासाथ कतैबाट झर्ने पैसा भनि ठानिन्थ्यो भने यो कम्पनी हो धेरै जनाको बीमाशुल्कबाट थोरै व्यक्तिलाई क्षतिपूर्ति दिने हो भन्ने जानकारी हुनु जरुरी छ । जसले गर्दा बीमकको आर्थिक जोखिम कम गर्दछ ।

याे पनि 

बीमा रकमकै लागि यति ठूलाे अपराध !

बीमित भएकै कारणले मृत्युवरण रोक्न
बीमित भएकै कारणले धेरै जनाले ज्यान गुमाइरहेका छन्, जसको ज्वलन्त उदाहरण भनेको सर्जन बीक काण्ड हो । छोराछोरीको हत्या गर्ने, श्रीमान–श्रीमतीको हत्या गर्ने, करेन्ट लगाएर मार्ने जस्ता काण्ड बीमा दाबीकै लागि भएका जघन्य अपराध हुन् । हेटौंडमा इच्छाइएको व्यक्तिको पनि बीमांक रकम हडप्ने काण्ड जसमा बुहारी सुस्मिता थापा मारिएकी थिइन् । बीमा भनेको जुवा होइन, सबैको बीमा हुन्छ भन्ने पनि छैन बीमा गर्दैमा गलत क्षतिपूर्ति पाइन्छ भन्ने पनि होइन । यस्ता विविध घटना र कारणले गर्दा विशेषगरी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोलाई पनि बीमा सम्बन्धी जानकारी वा सु–सूचित गरेर बीमाको गलत बिक्री रोक्न सक्नु पर्दछ । यसमा नेपाल प्रहरीको सकारात्मक रोल प्ले गर्न सकेमा यस्ता घटनालाई न्युनिकरण गर्न सकिन्छ ।

दुर्घटनाको कारक तत्व पहिचान गरी गहन अध्ययन गर्नु सुरक्षा निकायको दायित्व हो । कतिपय घटनाहरुमा प्रहरीको फितलो अनुसन्धान देखिन्छ र बीमकले पटक पटक अनुरोध गरेर पुनः अनुसन्धान गर्दा अपराधिक क्रियाकलापबाट घटना घटाई गलत दाबी भुक्तानी भएको पुष्टि भएको छ । यसरी बीमा के हो ? किन गर्ने, कसले पाउने भन्ने बुझ्न र बुझाउन जरुरी हुन्छ । जसले गर्दा विविध प्रकारका अपराध कम गर्न मद्दत पुग्दछ । यस्ता घटना र ज्ञानले गर्दा सुरक्षाकर्मी पनि सक्षम भई बीमाको गलत दाबी भुक्तानी कम गर्न सकिन्छ ।

नेपाल बीमा प्राधिकरणले यस्ता प्रकारका घटनाहरुलाई गहन रुप्मा लिनु जरुरी छ । यसमा सरोकारवालाहरुलाई साथमा लिई बीमा जागरण अभियान चलाउनु पर्दछ । प्रदेश, क्षेत्र, शहर केन्द्रीत छिटफुट कार्यक्रम गरे पनि अब प्रत्येक प्रदेशमा सरोकारवाला सुरक्षा निकायमा पनि बीमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ । बीमाले आर्थिक सुरक्षा प्रदान गर्ने हो त्यसले अपराध निम्त्याउने हुँदैन । यसमा सबै निकायहरु सचेत र सजग हुनु जरुरी छ । त्यसैले प्रहरीको प्रदेश कार्याल, हेर्डक्वार्टर, सिआईबी प्रमुखहरुलाई यस सम्बन्धी जानकारी हुनु जरुरी छ भने फ्रन्टलाइनर प्रहरी, ट्राफिकहरुलाई पनि यस सम्बन्धी ज्ञान हुनै पर्दछ । जसले गर्दा समग्र बीमा उद्योगलाई आर्थिक संरक्षण पक्कै गर्दछ ।

याे पनि

बीमा रकम हत्याउन हिन्दी फिल्म बिर्साउने योजना, यसरी भयो पर्दाफास

सम्बन्धित समाचार