free website hit counter

युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद जारी गर्ने

beemaadmin
२०८१ जेष्ठ ११, शुक्रबार

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १५ प्रतिशत अर्थात १००ः१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले पूँजी योजना अनुरुप हकप्रद सेयर जारी गरि पूँजी वृद्धिको स्वीकृतीका लागि सिफारिससहितको प्रस्तावित पूँजी वृद्धिको योजना नेपाल बीमा प्राधिकरण पेश गर्ने र प्राधिकरणबाट स्वीकृत भएपछि पारित गर्नका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । सोही अनुसार कम्पनीले हकप्रदमार्फत पूँजी वृद्धि गर्ने तयारी गरेको हो । साविकको युनाइटेड र अजोड इन्स्योरेन्स मर्ज भएर बनेको युनाइटेड अजोड इन्स्योरेन्सको हालको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार