free website hit counter

युनियन र सानिमा लाइफ आइपीओ अनुमति माग्दै धितोपत्र बोर्डमा

beemaadmin
२०७८ असार १, मंगलवार

काठमाडौं । साधारण शेयर (आइपीओ) जारी गर्ने तयारीमा रहेका यूनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी अनुमतिका लागि धितोपत्र बोर्ड पुगेका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैंया बराबरको ६४ लाख ५० हजार कित्ता निष्काशनका लागि बोर्डसँग अनुमति माग गरेको हो । यता, सानिमा लाइफले पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डमा निवेदन पेश गरेको हो । यी दुवै कम्पनीलेआइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापीटललाई नियुक्त गरिसकेका छन् ।

सम्बन्धित समाचार