free website hit counter

युनियन लाइफमा आवेदनको ओइरो

beemaadmin
२०७८ असार २७, आईतवार

काठमाडौं । शेयर बजारमा त्यसै पनि आकर्षण बढेको बेला, त्यसमाथि साधारण शेयरमा लगानीकर्ताको आवेदन धुइरिनु अनौठो भएन । आइतबार साँझ ५ बजेसम्म युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख १४ हजार आवेदकले आवेदन गरेका छन्। कम्पनीको आइपीओमा करिब ५ गुणा बढी आवेदन परिसकेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १८ लाख १४ हजार २६५ जना आवेदकबाट २ करोड ९१ लाख ५३ हजार ६५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ। कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा माथि १० अंकको गुणाङ्क संख्यामा अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

सम्बन्धित समाचार