free website hit counter

युनियन लाइफले आइपिओ असार भित्रै

beemaadmin
२०७८ असार १४, सोमबार

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ असारभित्रै आउने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सर्वसाधारणको लागि आइपिओ जारी गर्न अनुमति पाएसँगै कम्पनीले आइपीओ असारभित्रै ल्याउने तयारीलाई तिव्र बनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर बिक्री गर्ने भएको छ । यहि असार भित्रै प्राथमिक शेयर बिक्री गरि बाँडफाँड गर्ने तयारी गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । प्राथमिक शेयर निष्काशन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

सम्बन्धित समाचार