free website hit counter

युनियन लाइफले बोलायो वार्षिक साधारण सभा

beemaadmin
२०७८ बैशाख २२, बुधबार

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैशाख १९ गते बसको बैठकले जेठ ११ गते कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थ नगरपालिका,रुपन्देहीमा बिहान १० बजे साधारण सभा बोलाएको हो । सभाले स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिको प्रस्ताव पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ । कम्पनीले कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७५/७६ मा भएको खर्चको अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ । कम्पनीले कोभिड १९ को प्रभावका कारण वार्षिक साधारण सभामा उपस्थित हुने शेयरधनीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आधिकारिक परिचयपत्रका साथमा उपस्थित हुन आग्रह गरेको छ ।

सम्बन्धित समाचार