काठमाडौं । यूनाइटेड इन्स्योरेन्स शेयरधनीको हात यसपालि पनि खाली हुने भएको छ । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २७औं वार्षिक साधारण सभा साउन ३१ गतेका लागि तोकेको छ । सभा भर्चुअल हुने कम्पनीले जनाएको छ । उपस्थितीको लागि कम्पनीको वेवसाईटमा आईडी पासवर्ड उपल्बध गराईने कम्पनीले जनाएको छ । कम्पनीको ३५९औं बैठकले सभाको मिति तय गरेको हो । सभाले आर्थिक बर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा लेखा परिक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६र ७७ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने, २०७६–७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले साउन २० गतेका दिनदेखि कम्पनीको बुक क्लोज हुने जनाएकोसाउन २० गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।