काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शाहले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउन प्रस्ताव गरेका छन्। साथै, लिङ्देनसहित पार्टीका सबै शीर्ष नेताहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन्।
राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने कार्यक्रम छ।