free website hit counter

स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न शीर्ष नेताहरू निर्वाचन आयोगमा

beemaadmin
२०८३ मंसिर ५, शुक्रबार

काठमाडौं । स्थानीय तहको निर्वाचन तयारीका विषयमा छलफल गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख नेताहरूसँग आयोगले छलफल गर्न लागेको हो।

Advertisement
Advertisement

छलफलमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आयोग पुगिसकेका छन्।

Advertisement
Advertisement

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि छलफलमा सहभागी हुन निर्वाचन आयोग जाने तयारीमा छन्।

आयोगले स्थानीय तह निर्वाचनको तयारी, व्यवस्थापन तथा निर्वाचनसँग सम्बन्धित विषयमा दलका शीर्ष नेताहरूसँग परामर्श गर्न लागेको हो।

सम्बन्धित समाचार