काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रिलायबल सजिलो जीवन बीमा योजनाअन्तर्गत घातक रोगसम्बन्धी बीमा दाबी भुक्तानी गरेको छ।
कम्पनीले १५ वर्ष अवधिका लागि १० लाख रुपैयाँ बीमाङ्कको बीमा गरेका बीमित दीपक रिमाललाई हृदयाघातसम्बन्धी बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो। कम्पनीका अनुसार यो योजनाअन्तर्गत हृदयाघातसम्बन्धी दाबी भुक्तानी गरिएको पहिलो घटना हो।
उक्त बीमा पोलिसी कम्पनीको डुम्रे शाखामार्फत जारी गरिएको थियो। दाबी भुक्तानीबापतको रकम शाखा प्रमुख विरोध श्रेष्ठले बीमित रिमाललाई हस्तान्तरण गरेका हुन्।
रिलायबल नेपाल लाइफले जीवन बीमामार्फत आर्थिक सुरक्षा प्रदान गर्नुका साथै आकस्मिक स्वास्थ्य जोखिम तथा घातक रोगबाट उत्पन्न आर्थिक भार कम गर्न सहयोग गर्दै आएको जनाएको छ।
कम्पनीले ग्राहकलाई जीवन बीमाको महत्वबारे सचेत गराउँदै जोखिमपूर्ण परिस्थितिमा आर्थिक सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।