काठमाडौंं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ। वार्षिक प्रतिवेदन र वित्तीय विवरण पेश नगरेको भन्दै रोक्क गरेको कम्पनीको शेयर सोमबारबाट कारोबारमा आएको हो।
नेप्सले धितोपत्र सूचीकरण विनियमावली अनुसार वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पेश नगरेको भन्दै स्पष्टिकरण माग गरि माघ १८ गतेदेखि कारोबार रोक्का गरेको थियो। कम्पनीले माघ २८ गते वित्तीय विवरण पठाउन केहि ढिलो भएको र आर्थिक वर्ष २०७५–७६ को लेखा परिक्षण सम्पन्न गर्न करिब २ महिना लाग्ने नेप्सेलाई जानकारी गराएको थियो। कम्पनीले फेरी फागुन १९ गते नेप्सेलाई पत्र पठाउदै आर्थिक वर्ष २०७५–७६ को अपरिष्कृत वित्तीय विवरण र अन्य त्रैमासिक तथा अर्ध वार्षिक वित्तीय विवरणहरु नेप्सेमा पठाउने प्रतिबद्धता जनाएपछि दोस्रो बजारमा कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ।