काठमाडौं । आफ्ना बीमितको मृत्युपछि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी बीमितका परिवारलाई हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो । दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा चन्द केडिया, संचालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो ।
बीमित विकको यही बैशाख २ गते सवारी दुर्घटनामा परि निधन भएको थियो । विकले २०७७ फागुन २७ गते एक करोड २० लाख रुपैयाँ बीमाङ्क बरारबरको ‘रिलायन्स सिमित भुक्तानी सावधिक जीवन बीमालेख’ खरिद गरेका थिए । यो सँगै विकले ३० लाख रुपैयाँ बीमाङ्क बरारबको टर्म पोलिसी खरिद गरेका थिए । बीमा पोलिसी खरिद गर्ने क्रममा उनले ५ लाख २२ हजार ८८० रुपैयाँ प्रथम बीमा शुल्क भुक्तानी गरेका थिए । दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवाले बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्दैनन् भन्ने सन्देशलाई चिर्दै समयमै दाबी भुक्तानी गरेकोमा धन्यवाद दिएका थिए ।