free website hit counter

रिलायबल नेपाल लाइफको बीमा शुल्क आर्जन ८८ प्रतिशतले बढ्यो, सबै सूचांक अब्बल

beemaadmin
२०७८ श्रावण २७, बुधबार

काठमाडौं । रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७७–०७८ को बार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको देखिन्छ । जुन अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीमा कम्पनीले २१ करोड ४३ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले गत आवमा दुई अर्ब ९५ करोड ८९ लाख ६२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । आव २०७६/७७ मा कम्पनीले जम्मा १ अर्ब ५७ करोड ३८ लाख १८ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो । कम्पनीको खुद बीमा शुल्क आम्दानी ८८.०१ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै कुल बीमा शुल्क आम्दानी ८८.०३ प्रतिशतले बृद्धि भएको छ । कुल बीमा शुल्क आर्जन तीन अर्ब एक करोड रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा कूल बीमा शुल्क आम्दानी एक अर्ब ६० करोड रुपैयाँ मात्रै थियो ।
कम्पनीले जीवन बीमा कोषलाई १२०.८९ प्रतिशत बृद्धि गर्दै दुई अर्ब ५८ करोड ५१ लाख ५४ हजार पुर्याएको छ । गत आवमा जम्मा १ अर्ब १७ करोड तीन लाख ६१ हजार रुपैयाँको जीवन बीमा कोष रहेकोमा गत आर्थिक वर्षमा कोरोना कहरकै बीचमा कम्पनीले बीमा शुल्क आम्दानी उल्लेख्य बृद्धि गरी कोषको आकार दोब्बर बनाउन सफल भएको हो । कम्पनीको जगेडा कोष ३१.७६ प्रतिशतले बृद्धि भई ८४ करोड ३५ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै, महाविपत्ति कोषमा सात करोड ७६ लाख १३ हजार रुपैयाँ संचिती गरेको छ । कम्पनीको कोषको आकार ८७।७२ प्रतिशतले बृद्धि भई तीन अर्ब ५० करोड ६३ लाख आठ हजार रुपैयाँ संचिती छ ।

सम्बन्धित समाचार