free website hit counter

रिलायबल नेपाल लाइफको लाभांश घोषणा

beemaadmin
२०८० पुष २५, बुधबार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट अग्रणी जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चाता सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार