काठमाडौं । अर्को चार वर्षका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा नारायणबाबु लोहनी दोहोरिने भएका छन् । स्थापनाकालदेखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका लोहनीलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट कम्पनी बनाउन सफल भइसकेका छन् । उनको नेतत्वमा आगामी चार वर्षमा कम्पनी अझै अब्बल बन्ने विश्वासका साथ सञ्चालम समितिले उनलाई थप चार वर्षका लागि नेतृत्व सुम्पिएको बताइएको छ । सञ्चालक समितिको बैठकले उनको कार्यकाल थप गर्ने निर्णय गरेको छ । नियामक निकाय बीमा समितिले लोहनीलाई थप कार्यकालका लागि स्वीकृति प्रदान गरेको छ । लोहनीको पहिलो चार वर्षे कार्यकाल साउन १७ बाट सकिदैछ । उनले साउन १८ गतेबाट दोस्रो कार्यकाल सुरु गर्ने भएका छन् ।