free website hit counter

रिलायबल नेपाल लाइफले दियो अभिकर्तालाई मोटिभेशनल तालिम

beemaadmin
२०७७ फाल्गुन २५, मंगलवार

काठमाडौं । अभिकर्ता सक्षम र सफल हुन सक्नु भनेको बीमा व्यवसायको वृद्धि हुनु हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मन्थली शाखाले आफ्ना अभिकर्ताहरुलाई क्षमता विकासको लागि रिफ्रेसमेन्ट तथा मोटिभेशनल तालिम दिएको छ । एकदिने तालिम जिल्ला सदरमुकाम मन्थलीमा शनिवार भएको हो ।

तालिममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध ४० जना अभिकर्ताहरुको सहभागी रहेका थिए । संस्थाले आफ्ना अभिकर्ताहरुलाई पुनतार्जगी तथा उत्प्ररेणा बृद्धि हुने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको जनाएको छ ।

उक्त तालिममा नेपाल लाइफ इन्स्योरेन्सका रिजनल म्यानेजर राजकुमार गिरीले मिलियम डलर राउण्ड टेबल ९एमआरडिटी सहित व्यवसायिक सफलता कसरि हासिल गर्न सकिन्छ भन्ने बिषयमा रिलायबल अभिकर्ताहरुलाई जानकारी गराएका थिए ।

उनले अभिकर्ताहरुले बिमा क्षेत्रमा काम गर्दा आउने समस्यालाई कसरी हल गर्न सकिन्छ र असल र सफल अभिकर्ता बन्न के–कस्ता कार्यहरु गर्नुपर्छ भन्ने बारेमा पनि तालिममा सहभागी अभिकर्ताहरुलाई जानकारी दिए ।

सम्बन्धित समाचार