काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका बीमितले अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । कम्पनीले आथिर्क वर्ष २०७५–७६ को लागि बोनस दर सार्वजनिक गर्दै बीमालेखअनुसार १३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोसन सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट बैशाख ६ गते स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरेको हो । त्यस अनुसार मुनाफामा सरिक हुने सम्पूणर् बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको छ ।
कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । रिलायवल सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ५० रुपैयाँ देखि ७० रुपैयाँ सम्म पाउनेछन् । यस्तै सबै अवधिका रिलायवल लघु सवाधिक जीवन बीमालेख, बीमा समिति लघु सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ बोनस दर कायम गरिएको छ ।
रिलायवल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) सबै अवधिहरुमा प्रतिहजार १३ रुपैयाँ निरर्धारण गरिएको छ । रिलायवल सुलभ जीवन बीमालेखमा २० रुपैयाँ देखि ३७ रुपैयाँ ५० पैसाँसम्म, रिलायवल उच्चशिक्षा योजना ९बालबच्चाको सावधिक बीमालेख० मा न्युनतम ६० रुपैयाँ देखि ६५ रुपैयाँ र रिलायवल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० रुपैयाँ देखि ५५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।