free website hit counter

रेकर्ड बनाएको सुनको मूल्य घट्यो

beemaadmin
२०८० चैत्र ९, शुक्रबार

काठमाडौं । बिहीबार ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार भने घटेको छ। यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबार यस्तो सुनको मूल्य हालसम्मकै उच्च १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको थियो। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ५५ रुपैयाँ घटेर १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

सम्बन्धित समाचार