free website hit counter

रौतहटमा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा

beemaadmin
२०७७ माघ २७, मंगलवार

काठमाडौं । रौतहट जिल्ला यमुनामाई गाउँपालिका ४ को वडा कार्यालय स्थित यमुनामाई गाउँपालिकामा अजोड इन्स्योरेन्सले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ ।

यमुनामाई गाउँपालिका ५ का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादव तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन भइरहेको छ ।

बीमाको पहँुच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागीता हुनुका साथै कृषि तथा पशुपञ्छी बीमालेखहरु जारी गरीएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार