free website hit counter

लकडाउनभर सार्वजनिक बिदा, कर्मचारीलाई तलब भन्दा (राजपत्रसहित)

beemaadmin
२०७७ बैशाख १७, बुधबार

काठमाडौं । सरकारले लकडाउनको अवधिलाई सार्वजनिक बिदा दिने भएको छ। राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको समयलाई सार्वजनिक बिदा भनिएको छ।
राजपत्रमा भनिएको छ, २०७६ चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएका तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गर्नुपर्ने हुन्छ।

सम्बन्धित समाचार